शनिवार, फाल्गुण ९ २०८२१२:०१:५०
काठमाण्डौ ,
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर–एटका खेल शुरू हुँदैछन् । चार समूहका शीर्ष दुई दुई टोलीले यसअघि नै सुपर–एटमा स्थान बनाएका छन् ।
सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुँदैछ ।
यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–एटमा पुगेका हुन् ।
साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल भोलि अहमदाबादमा हुनेछ ।
विश्वकपको फाइनल खेल मार्च ८ तारिख अर्थात् यही फागुन २४ मा हुनेछ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology