मंगलवार, फाल्गुण ५ २०८२१०:५४:३२
काठमाडौं ,
आईसीसी पुरूष टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ।
मुम्बईस्थित वानखेडे स्टेडियममा खेल नेपाली समयअनुसार साझ सवा ७ बजे सुरू हुनेछ।
समूह सी बाट सुपर ८ मा पुग्ने दुई टोली इ्रग्ल्यान्ड र वेस्ट इन्डिज पहिले नै तय भइसकेकाले यो खेल दुवै टोलीका लागि औपचारिकतामात्र बन्ने छ।
तर पनि दुवै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन्। नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको थियो।
दोस्रो खेलमा डेब्यु टोली इटालीसँग पराजित भयो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुन पुग्यो।