आइतवार, फाल्गुण ३ २०८२०९:५५:१५
काठमाडौं ,
आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह सी मा नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दैछ।
मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजे सुरु हुनेछ।
वेष्ट इण्डिज अन्तिम खेल अगाडिनै सुपर एट पुग्ने लक्ष्यमा रहँदा नेपाललाई भने झिनो सम्भावना बनाउन पनि यो खेल जित्नै पर्ने दबाब छ
लगातार २ हारपछि सुपर एट पुग्ने सम्भावना जटिल बनेको नेपाललाई झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ।
पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडीनै समूह चरणबाटै बाहिरिने छ।
यता दुई पटकको विश्व विजेता वेष्ट इण्डिज सानदार लयमा छ। उसले स्कटल्याण्डलाई ३५ रन र विश्कपकै बलियो दाबेदार इङ्ल्याण्डलाई ३० रनले हराउँदै सुपर एटको सम्भावना बलियो बनाइसकेको छ।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्ने छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology