Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

टी-२० विश्वकपमा आज तीन खेल

टी-२० विश्वकपमा आज तीन खेल


  • 1.4K
    SHARES

  • टी-२० विश्वकपमा आज तीन खेल

    काठमाडौं ,

     टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् ।

    आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ ।

    श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ ।

    जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन् ।

    त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् ।

    भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ ।

    जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।

    त्यसैगरी आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ ।

    भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

    जारी विश्वकपमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेल नै जितेका छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार