सोमवार, माघ १९ २०८२१२:०९:४५
काठमाडौं ,
आज पनि सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ ।
हिजो आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ ।
महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology