Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदै

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदै


  • 1.6K
    SHARES

  • आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदै

     काठमाडौं .

    आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदैछ ।

    सन् २००७ मा भारतबाट सुरु भएको टी-२० विश्वकपको यो १०औं संस्करण हो र टी-२० विश्वकप फेरि एक पटक दक्षिण एसियामा हुँदैछ ।

    क्रिकेटको छोटो स्वरुप र रोमाञ्चक फर्म्याट टी-२० विश्वकपमा उत्कृष्ट राष्ट्रहरू खेल्दैछन् । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा २० टिमको सहभागिता रहनेछ ।

     नेपालको पनि लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा सहभागिता हुँदैछ ।

    आईसीसी टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड्सबीच एसएससी कोलोम्बोमा हुनेछ । सोही दिन वेस्ट इन्डिज र स्कटल्यान्डबीच कोलकतामा खेल हुनेछ भने आयोजक भारतले अमेरिकासँग मुम्बईमा खेल्नेछ ।

    फाइनल खेल मार्च ८ मा अहमदाबाद/कोलोम्बोमा हुनेछ ।

    विश्वकपको समूह चरणमा कूल ४० खेल हुनेछ । यस्तै सुपर एट चरणमा १२ खेल हुनेछ भने सेमिफाइनल २ अनि फाइनल १ गरी कूल ५५ खेल हुनेछ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार