बुधवार, मंसिर १७ २०८२१२:०५:५७
काठमाडौँ ,
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको बताएका छन्।
अपाङ्गता भएका व्यत्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले सरकार अपाङ्गता भएका व्यक्तिहरूको समस्याका बारेमा गम्भीर रहेको बताएका छन्।
कार्यक्रममा मन्त्री खरेलले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरूमाथिको विभेद अन्त्य हुन नसकेको बताएका हुन्।