Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

वैशाख ९ गते उल्का वर्षाको  दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी

वैशाख ९ गते उल्का वर्षाको  दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी


  • 11.5K
    SHARES

  • वैशाख ९ गते उल्का वर्षाको  दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी

    काठमाडौं ,

     वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको  दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

    आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए

      वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्नरदेख्न सकिने उनले बताए। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५/२० वटा उल्का खसेको देख्न सकिनेछ।

    ‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’  पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।

    पुच्छ्रेतारा वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन्। जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्।

    यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार