शनिवार, भाद्र १४ २०८२०२:३६:१६
काठमाडाैं ,
साउथ अस्ट्रेलिया विरुद्धको एक दिवशीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ ।
कप्तान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनपछि नेपालले आफ्नो पक्षमा पारेको हो ।
जितका लागि साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान रोहित पौडेले शतकीय पारी खेल्दै सर्वाधिक १०२ रन बनाए । सोमपाल कामीले ३८ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा पूरै विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology