Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

साफ १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता अन्तर्गत आज नेपाल र बङ्गलादेश बीच प्रतिस्पर्धा हुँदै

साफ १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता अन्तर्गत आज नेपाल र बङ्गलादेश बीच प्रतिस्पर्धा हुँदै


  • 3.2K
    SHARES

  • साफ १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता अन्तर्गत आज नेपाल र बङ्गलादेश बीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं ,

    दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु-१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

     गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो ।

    डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत नौ अङ्कका साथ पहिलो स्थानमा छभने छ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ ।

    तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ ।

    प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

    खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग भिड्ने छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार