काठमाडौं ,
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्ने छ।
डार्विनमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ।
नेपाल हालसम्म खेलेका पाँच मध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ। नेपाल तालिकाको ७औँ स्थानमा छ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
मंगलबार भएको चौथो खेलमा भने नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पारेको थियो।
त्यस्तै मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो।
११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन्।
नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ। त्यसपछि भदौ १२ गते साउथ अस्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ । त्यसको २ दिनपछि नेपाल र साउथअष्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छन्।