Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एएफसी यू-२० महिला एसियन कप छनोट खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

एएफसी यू-२० महिला एसियन कप छनोट खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै


  • 3.2K
    SHARES

  • एएफसी यू-२० महिला एसियन कप छनोट खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दै

     काठमाडौं ,

    भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको  दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।

    खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । 

    नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।

     बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।

    प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन्  ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार