शनिवार, आषाढ २१ २०८२११:०६:१४
काठमाडौँ ,
एफसी महिला एसियन कप छनोट खेलमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल राति सवा ९ बजे शुरु हुनेछ।
समूह ‘एफ’मा रहेका नेपाल र उज्वेकिस्तान दुवैलाई आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी एसियन कपमा छनोट हुन आजको खेल जित्नै पर्ने दबाब छ।
यी दुवै टोलीले आफ्ना अघिल्ला दुवै खेलमा जित निकाल्दै समान ६ अंक जोडेका छन् ।
दुवै टोलीको गोल पनि समान १७ छ । नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले र दोस्रो खेलमा श्रीलंकालाई ८–० गोलले पराजित गरेको थियो।
यस्तै उज्बेकिस्तानले श्रीलंकामाथि १०-० र लाओसमाथि ७-० गोलको फराकिलो जित हासिल गरेको थियो।
दुवैको समान अंक र समान गोल भएका कारण आजको खेल जसरी पनि जित्नै पर्ने दबाब छ।