मंगलवार, जेठ २० २०८२१०:५१:४९
काठमाडौं ,
इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दैछन्।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि खेल सुरु हुनेछ।
बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो।
पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology