Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आज नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै

आज नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै


  • 4.2K
    SHARES

  • आज  नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै

    काठमाडौं ,

     एएफसी महिला एसियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

    खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरू हुनेछ।

    थाईल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा अभ्यास खेल खेलेको थियो। 

    फिफा महिला विश्वकप खेलिसकेको थाइल्यान्डसँग नेपालले पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो। 

    नेपाली टोलीले यही जुन २९ बाट उज्बेकिस्तानमा सुरू हुने महिला एसियन कप छनोटमा भाग लिनेछ। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार