बुधवार, बैशाख ३ २०८२११:१८:४४
काठमाडौं ,
आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।
नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले दोस्रो खेलबाट एक परिवर्तन गरेको छ । पेस बलर दयानन्द मण्डलको ठाउँमा स्पीनर विपिन प्रसाद शर्मा टोलीमा आएका छन्
नेपालले हालसम्म २ खेल खेल्दा दुवै जितेको छ । हङकङले सोमबार यही मैदानमा अफगानिस्तानसँग पहिलो खेल खेल्दा पराजित भएको थियो ।