Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली स्थान यथावत्,अर्जेन्टिना शीर्ष स्थानमै

फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली स्थान यथावत्,अर्जेन्टिना शीर्ष स्थानमै


  • 2.0K
    SHARES

  • फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली  स्थान यथावत्,अर्जेन्टिना  शीर्ष स्थानमै

    काठमाण्डौ ,

    फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५औं स्थानमै यथावत् रहेको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालको वरियता यथावत् रहेको हो ।

    दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा छ । भारत १२७औं र माल्दिभ्स १६४औं स्थानमा झरेको छ । भारत एक र माल्दिभ्स दुई स्थान तल झरेको हो ।

    नेपालभन्दा पछि रहेको भुटान १८२औं स्थानमा यथावत् छ भने बङ्गलादेश दुई स्थान सुधार गर्दै १८३औं स्थानमा उक्लेको छ । पाकिस्तान १९८औं र श्रीलङ्का २००औं स्थानमा छ ।

    विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत् छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार