Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

दाङका माधव सुवेदीलाई ११ औं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि

दाङका माधव सुवेदीलाई ११ औं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि


  • 2.6K
    SHARES

  • दाङका माधव सुवेदीलाई  ११ औं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि

    बुटवल, 

     ११ औं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि दाङका माधव सुवेदी र पश्चिम नवलपरासीका रुबिना कुँवरले हासिल गर्न सफल भएका छन् ।

    प्रतिष्पर्धात्मक फाइनल राउण्डमा अन्य चार जना समुह बिजयी खेलाडीलाई उछिनेर माधव सुवेदी च्याम्पियन बन्न सफल भएका हुन् ।

    लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशका ५३ जना खेलाडीको सहभागीता रहेको सो प्रतियोगितामा ६५ केजी वजन समूहबाट विजेता भइ फाइनल चरणमा पुगेका लुम्बिनी प्रदेश, मस्का फिटनेस दाङका माधव सुवेदी औभरअल च्याम्पियन बन्न सफल भए । विभिन्न तौल समूहबाट प्रथम बन्दै छनौट चरण पार गरेका ५ जना विजेता खेलाडीहरुले अन्तिम प्रतिष्पर्धामा भाग लिएका थिए ।

    लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भएको सो प्रतियोगितामा महिला फिजिक्सतर्फको उपाधि भने नवलपरासीका रुबिना कुँवरले हात पारिन् ।

    अर्घाखाँचीकी रीता विश्वकर्मा र रुपन्देहीकी चुनु पुन क्रमश : दोस्रो र तेस्रो भए । उनीहरुले मेडल, प्रमाणपत्र तथा ट्रफीसहित क्रमश ः नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ भने ५ जना मात्र खेलाडी सहभागी थिए ।

    प्रतियोगिताको ५५ केजी तौल समूहतर्फ रुपन्देहीका बिनोद कुमार थापा प्रथम, रुपन्देहीकै सागर विक दोस्रो र बाँकेका करन बडिया तृतीय भए । त्यस्तै ६० केजी तौल समूहमा कपिलवस्तुका सुरेन्द्र कुमार बर्मा प्रथम, गण्डकी प्रदेशका ईश्वर गुरुङ द्वितीय र कास्कीका सुजन थापा तृतीय भए । ६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, गुल्मीका गौतम राना द्वितीय र दाङका प्रतीक चौधरी तेस्रो बनेका छन् । 
    त्यसै गरी ७० केजी वजन समुहमा लुम्बिनी प्रदेश दाङका माधव सुवेदी प्रथम, गण्डकी प्रदेश तनहुँका सन्तोष श्रेष्ठ द्वितीय र सुदुरपश्चिमको धनगढीका उदय खड्का तृतीय भए भने ७० केजी वजन भन्दा माथिको समूहमा लुम्बिनी प्रदेश दाङका दिपजंग मगर प्रथम, रुपन्देहीका कुशल प्रसाद गुरुङ द्वितीय र रुपन्देहीकै अनिश थापा तृतीय भएको भएका छन् । 

    प्रत्येक वजन समूह प्रथम, दोस्रो र तेस्रो भएका खेलाडीहरुले मेडल, प्रमाणपत्र सहित जनही क्रमश ः १० हजार ८ हजार र ५ हजार नगद हात पारे । 

    box2ff.jpg

    कार्यक्रम लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
    प्रतियोगितामा मुख्य निर्णायक एवं अन्तर्राष्ट्रिय निर्णायक बिजय लाल कायस्थ, अन्तर्राष्ट्रिय निर्णायक क्रमश बुद्धिजंग कार्की, केशव बहादुर शाक्य तथा राष्ट्रिय निर्णायकहरु शिवध्वज राई, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, बाबुकाजी मानान्धर, सन्तोष शाक्य र हेमन्त शाक्यले गरेका थिए । 

    सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै खेललाई समान रुपमा हेर्ने गरेको बताए ।  खेलकुदले पनि बुटवललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले यहाँको खेलकुदको विकासको लागि नगरपालिका सधै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

     कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले तथा मार्शलको भूमिका उत्सव अधिकारी र सरोज सिंहले निर्वाह गरेका थिए ।

    पुरस्कृत खेलाडीहरुलाई अध्यक्ष सितु प्रसाद श्रेष्ठ, प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, विशिष्ठ अतिथि प्रदेश खेलकुद परिषद लुम्बिनी सदस्य सचिव तिरनदाज गौतम, नगर खेलकुद समिति बुटवलका अध्यक्ष बोनिन पिया लगायतले सम्मान गरेका थिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार