मंगलवार, चैत्र १२ २०८१०१:५२:२५
काठमाडौं ,
नेपालले आज मलेसियासँग एएफसी एसिएन कप-२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेल्दैछ ।
मलेसियाको खेल ब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
फिफा वरीयातमा मलेसिया एक सय ३२ औँ र नेपाल एक सय ७५ औँ स्थानमा छ ।
नेपाल र मलेसियाबिच हालसम्म सात वटा अन्तर्राष्ट्रिय भिडन्त भएको छ ।
जसमा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भिडन्त भएको थियो।