शनिवार, चैत्र ९ २०८१०२:०२:०६
बुटवल ,
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान हुने प्रतियोगिताको उद्घाटनमा आज आयोजक र विभागीय टोली एपीएफ बीच प्रतिस्पर्धा हुँदै छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोग र संरक्षकत्वमा २३ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो ।
‘प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।’
यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने एन्फा रुपन्देही अध्यक्ष लोक पुनले बताए ।
आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन ।
चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने छ ।