Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

खेलाडी,  प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री ओलीबाट पुरस्कृत

खेलाडी,  प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री ओलीबाट पुरस्कृत


  • 1.6K
    SHARES

  • खेलाडी,  प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री  ओलीबाट पुरस्कृत

    काठमाडौं ,

    प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी,  प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् ।

    युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्कार प्रदान गरिएको हो ।

    प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ ।

    गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई प्रधानमन्त्रीेले पुरस्कार प्रदान गरेका थिए ।

    यसैगरी उनले गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बीच महिला तथा पुरुष भलिबलका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार