बिहिवार, श्रावण १० २०८१११:३७:०९
काठमाडौं ,
शुक्रबार भोलि चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ।
नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए।
मौद्रिक नीतिका लागि तयारी सम्पन्न भएको र शुक्रबार नै बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तय गर्ने बताए।
अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएको थियो। यो पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो।
अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भन्ने चासो छ।
मौद्रिक नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति हो।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology