Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात

यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात


  • 3.9K
    SHARES

  • यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात

    बुटवल,

               यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात हुन थालेको छ ।

     मयुर स्टिल इन्डस्ट्रिजले उत्पादन गरेको यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात हुन थालेको हो ।

    रुपन्देही देवदहस्थित मयुरका म्यानेजिङ डाइरेक्टर महेश थैवका अनुसार केही महिना देखि मासिक रुपमा एक कन्टेनर हेल्मेट बंगलादेश निर्यात भइरहेको बताए । यद्यपि हाल यो परीक्षणको रुपमा मात्र उपलब्ध भइरहेको र माग अनुसार भविष्यमा अझै धेरै हेल्मेट पठाउन सकिने उनको विश्वास छ ।

    हालै मात्र मयुर स्टिल इन्डस्ट्रिजले नेपाली बजारमै पहिलो पटक हाफ फेसमा डबल भाइजर हेल्मेट समेत उपलब्ध गराएको छ ।

    यति ब्रान्ड अन्तर्गत हाफ फेसमा सिटी र इगल मोडल उपलब्ध भएका छन् । ती मध्ये इगल मोडलमा नेपालमै पहिलो पटक डबल भाइजरको हेल्मेट उपलब्ध भएको हो ।त्यसैगरी फुल फेस अन्तर्गत राइडर मोडलमा नयाँ हेल्मेट उपलब्ध भएको छ ।पहिले देखि नै नेपाली हेल्मेट बजारमा उपलब्ध भइरहेको यति ब्रान्डका हेल्मेट लोकप्रिय बन्दै गएका छन् । यी हेल्मेटमा प्रयोग गरिएका सामग्री अनब्रेकेबल रहेका छन् वासेबल स्पन्ज र स्क्र्याच प्रुफ पोलिकार्बोनेट प्रयोग गरिएको छ ।

    सीई, आईएसओ र आईएसआई सर्टिफाइड हेल्मेट गुणस्तरीय भएको मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैबले दावी गरेका छन  । आफ्नै उत्पादन हाई डेन्सिटी थर्मोकोलको प्रयोग हुने यति हेल्मेट गुणस्तरीय भएकैले नेपाली बजारमा  माग बढेको बताए ।  माग अनुसार उत्पादन उपलब्ध गराउन नसकिएको बताए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार