Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

रुपन्देहीको भैरहवा–परासी सडक खण्ड रोहिणी खोला किनारमा  पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु

रुपन्देहीको भैरहवा–परासी सडक खण्ड रोहिणी खोला किनारमा  पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु


  • 2.0K
    SHARES

  • रुपन्देहीको  भैरहवा–परासी सडक खण्ड रोहिणी खोला किनारमा  पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु

     बुटवल ,

    नेपाल आयल निगमले नेपाल आयल निगमले  रुपन्देहीको रोहिणी खोला किनारमा भैरहवा–परासी सडक खण्डमा  पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु गरेको छ ।

    रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालिएको हो ।

    aat1111.jpg

    निगमले करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागेको हो । नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ ।

    एक औपचारिक कार्यक्रमबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जीतकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गरेका हुन् । दुवै अध्यक्षले भण्डारण गृह निर्माण तथा सञ्चालनमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रक्रियामा गएको बताए ।

    ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले बताए ।

    aatt.jpg

    यो भण्डारण गृहमा डिजेल ६३ सय किलोलिटर, पेट्रोल ३२ सय किलोलिटर तथा मट्टितेल २१ सय किलोलिटर भण्डारण गर्न सकिने छ ।

    डिजेल भण्डारका लागि २१ सय किलोलिटरका तीन वटा, पेट्रोल भण्डारणका लागि १६ सय किलो लिटरका दुई वटा र मट्टितेल भण्डारणका लागि ७ सय किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिने उनले बताए ।

    आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिंदै संयोजक यादवले दुई वर्षभित्र निर्माण सम्पन्न गरी हालको भलबारी डिपो सो स्थानमा सर्ने बताए । यादवले भने, ‘आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

    निगमका प्रबन्धक रामहरि निरौलाले भण्डारण गृहका लागि थप ७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार