आइतवार, फाल्गुण १३ २०८००८:०१:३५
मणिग्राम,
रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखीक्याम्पसको ३६ औं वार्षिकोत्सवतथा अभिभावक दिवस र क्याम्पस भवन समुद्घाटन कार्यक्रम आज (आइतबार) हुने भएको छ ।
क्याम्पसको प्रविधि भवन प्रांगणमा सञ्चालन हुने वार्षिकोत्सव सँगै भारतीय दुतावासद्धारा निर्मित भवन पनि नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले समुद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा क्याम्पसको मुखपत्रदीपिका को १९ औं अंकको विमोचन, पुरस्कार वितरण लगायतका कार्यक्रम सञ्चालन गरिने समेत क्याम्पसले जनाएको छ ।
कार्यक्रम विहान १० बजेदेखि सञ्चालन हुने छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology