Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय,समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय,समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने


  • 1.6K
    SHARES

  • सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय,समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने

    काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पाेखरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्नेछ ।

    यस्तै माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीको चाल खतरनाक हुन सक्ने भन्दै अरू दलहसँग छलफल गरेर आउँदा योजना बनाउने निर्णय गरेको नेता पोखरेलले जानकारी दिनुभयो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार