Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

कांग्रेस पदाधिकारी बैठक आज बस्दै,आन्तरिक विषयसँगै संसद अधिवेशन आह्वानको विषय पनि छलफलको मुद्दा बन्ने

कांग्रेस पदाधिकारी बैठक आज बस्दै,आन्तरिक विषयसँगै संसद अधिवेशन आह्वानको विषय पनि छलफलको मुद्दा बन्ने


  • 1.4K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै,आन्तरिक विषयसँगै संसद अधिवेशन आह्वानको विषय पनि छलफलको मुद्दा बन्ने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । 

    बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर विश्वासको मत लिन लागेको विषय पनि छलफलको मुद्दा बन्ने बताइएको छ ।

    प्रधानमन्त्री ओलीले विश्वावको मत लिन लाग्दा पार्टी रणनीति कस्तो हुने र अन्य दलसँगको सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा कांग्रेसले पदाधिकारी बैठकबाटै रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार