Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार, पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्री र  शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री

मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार, पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्री र  शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री


  • 2.7K
    SHARES

  • मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् विस्तार, पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्री र  शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री

    बुटवल ।

     

     मुख्यमन्त्रीमा पुन: नियुक्ति भएपछी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

    नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्पयमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले पथ तथा गोपनीयताको शपथ खुवाएका छन् ।  

    आज नियुक्त भएका दुवैजनालाइई मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको पक्षामा उभिएपछि वैशाख ६ गते एकाएक मन्त्रिमण्डल विस्तार गर्दै दुवैजनालाई साविक मन्त्रालयमा नियुक्त गरेका थिए । 

    सोमबार पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन् । आज थप गरिएसँगै मन्त्रीमण्डल ७ जनाको पुगेको छ।

    पाण्डे लम्साललाई शिक्षा तथा सामाजिक विकास मन्त्री र  शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार