Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

मुख्यमन्त्री पोखरेललाई समर्थन रहेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य श्रीवास्तव र शाही

मुख्यमन्त्री पोखरेललाई समर्थन रहेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य श्रीवास्तव र शाही


  • 1.8K
    SHARES

  • मुख्यमन्त्री  पोखरेललाई समर्थन रहेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य  श्रीवास्तव र  शाही

    रुपन्देही 

    सूर्य चिह्नबाट चुनाव जितेका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शङ्कर पोखरेललाई समर्थन रहेको बताएका छन् ।

    कपिलवस्तु–२ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ ख बाट निर्वाचित शाहीले विज्ञप्ति निकालेर सूर्य चिह्नबाट निर्वाचित भएकाले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहेको बताएका छन् ।

    कुलप्रसाद केसीसमेतले सरकार गठनका सन्दर्भमा गरेको दाबीमा लिइएको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद्ध रहँदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शङ्कर पाेखरेलप्रति समर्थन रहेकाे स्पष्ट पार्न चाहन्छाैँ’​, विज्ञप्तिमा भनिएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार