Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नवनियुक्त मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण ,

नवनियुक्त मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण ,


  • 2.7K
    SHARES

  • नवनियुक्त मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण ,

     –

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाेखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो ।

    आइतवार बिहानमात्रै पाेखरेलले राजीनामा दिनुभएकाे थियाे । उहाँले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल बहुमत सरकार गठन गर्ने भन्दै राजीनामा दिनुभएकाे थियाे । 

    प्रदेशका मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य आइतवार (आज) प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसे पनि सुरक्षाका बीच पाेखरेललाई शपथ ग्रहण गराइएकाे हाे ।  

    नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदकाे हस्ताक्षर लिँदै मुख्यमन्त्रीमा दाबी पेस गरेकाे अवस्थामा पाेखरेललाई शपथ ग्रहण गराइएकाे हाे ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार