Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

यातायात क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको गुनासो

यातायात क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको गुनासो


  • 1.5K
    SHARES

  • यातायात क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको गुनासो

    बुटवल ,

    पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभा सम्पन्न भएको छ ।  मुख्यमन्त्री लिला गिरीले बोल्दै देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताए ।


    कार्यक्रममा यातायात क्षेत्रका अगुवाहरूले आफूहरूले समय अनुकूलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरूले निर्बाध रुपमा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धाराशाही हुनुका साथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताएका थिए ।

    कार्यक्रममा संस्थागत धारणा राख्नुहुँदै अध्यक्ष यमप्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भएपनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार