Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

जेठ ६ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि उपचुनाव हुने

जेठ ६ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि उपचुनाव हुने


  • 3.2K
    SHARES

  • जेठ ६ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि उपचुनाव हुने

    काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि उपचुनाव हुने भएको छ ।

    राष्ट्रियसभा सदस्य रामबहादुर थापाको रिक्त पद पूर्तिको लागि आउँदो जेठ ६ गते उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

    कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपचुनाव गरी पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको  छ ।

    निर्वाचन आयोगले उपचुनावको लागि आजदेखि तयारी थालेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाए । उपचुनावमा गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छ । 
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार