Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने


  • 2.1K
    SHARES

  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने

    काठमाण्डाै – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि दिउँसो १ बजेदेखि सुरु हुने माओवादीका नेताहरुले बताएका छन् ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ । यस्तै स्थायी कमिटीका सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने माओवादीका नेताहरुले बताएका छन् ।

    बैठकमा पार्टीको विधान संशोधन, वर्तमान सरकारलाई दिएको समर्थनलगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । नयाँ सत्ता गठबन्धनको कसरतमा रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन । अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक गर्ने भन्दै माओवादी केन्द्रले नयाँ सत्ता गठबन्धनबारे नेपाली कांग्रेस र जसपाका नेताहरुसँग छलफल गर्दै आइरहेको छ ।

     

     

    सम्बन्धित समाचार