Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज पनि  जारी

आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज पनि  जारी


  • 2.4K
    SHARES

  • आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज  पनि  जारी

    काठमाडौं,

    संघीय संसदका दुवै सदनमा बुधबार पनि आर्थिक वर्ष २०७९\०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ।

    अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो। 

     बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। 

    राष्ट्रियसभामा पनि आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

    आजको बैठकमा अर्थमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची पनि  छ। 

    राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

    सरकारले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँ बजेट ल्याएको छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार