Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

प्रधानमन्त्री ओलीकाे आह्वानमा आज ११ बजे सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीकाे आह्वानमा आज ११ बजे सर्वदलीय बैठक बस्दै


  • 3.8K
    SHARES

  • प्रधानमन्त्री ओलीकाे आह्वानमा  आज ११ बजे सर्वदलीय बैठक बस्दै

    काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

    बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार