Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा प्रस्ताव

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा प्रस्ताव


  • 2.9K
    SHARES

  • गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा प्रस्ताव

    कास्की –

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारले प्रदेश सभामै अविश्वासको प्रस्ताव दर्ता हुने हुने डरले रातारात अधिवेशन अन्त्य गरे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    अविश्वासको प्रस्ताव दर्ता गराउन १५ जना सांसद आवश्यक पर्ने भए पनि २८ जना सांसदको हस्ताक्षर रहेको छ । गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको छ ।

    सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे फेरि अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनका लागि ३१ जना सांसद चाहिनेमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ ।

    गण्डकीमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् ।

    चार दल मिलेर नयाँ सरकार बनाउने कोसिस भइरहेको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार