Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आफ्नाे नेतृत्वमा सरकार गठनका लागि कांग्रेसकाे प्रस्ताव , पहिलो बैठक सकारात्मक भएको कांग्रेस प्रवक्ता  शर्म

आफ्नाे नेतृत्वमा सरकार गठनका लागि कांग्रेसकाे प्रस्ताव , पहिलो बैठक सकारात्मक भएको कांग्रेस प्रवक्ता  शर्म


  • 3.0K
    SHARES

  • आफ्नाे नेतृत्वमा सरकार गठनका लागि कांग्रेसकाे प्रस्ताव , पहिलो बैठक सकारात्मक भएको कांग्रेस प्रवक्ता  शर्म

     

     

     

    काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग नयाँ सरकारको समीकरणबारे औपचारिक छलफल गर्नुभएको हो । 

    सभापति निवास बूढानीलकण्ठमा भएको तीन दलको बैठकमा माओवादी र जसपाबीच सत्ता समीकरणको विषयमा छलफल भएको छ ।

    सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राख्दै त्यस सम्बन्धमा धारणा माग गर्नुभएको थियो । कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा नेकपा माओवादी सकारात्मक रहे पनि जसपाका नेताहरूले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै केही समय माग गरेका छन् । 

    बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपाका अध्यक्ष महन्थ ठाकुरले पहिलो पटक कांग्रेसको तर्फबाट सरकार गठनको प्रस्ताव आएकाले त्यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताउनुभयो । 

    नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बैठकमा नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव सभापति देउवाले गरेको बताउनुभयो ।

    प्रधानमन्त्री ओली सर्वसत्तावादी भएको र राज्य सत्ता कब्जा गर्न खोजेको भन्दै देउवाले ओलीबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने भन्दै ओलीको विकल्पमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव अघि सारेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    जसपाका नेता ठाकुरले पहिलो पटक औपचारिक रूपमा नेपाली कांग्रेसले केपीको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव अगाडि सारेकाले त्यस प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिनुपर्छ भन्ने धारणा राखेको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यसैगरी आफ्ना नेताहरूमाथि लागेको मुद्दा र बन्दी रिहाइको विषयमा पनि नेता ठाकुरले कुरा राख्नुभएको उहाँले बताउनुभयो । नेकपा माओवादीले भने देउवाको प्रस्तावलाई सकारात्मक लिएको उहाँले बताउनुभयो । 

     

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठन सम्बन्धमा कांग्रेसले गरेको पहल स्वरूप बसेको पहिलो बैठक सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

    छलफल पूरै सकारात्मक भएको भन्दै जसपाले छिटै निर्णय गर्ने र अर्को बैठक पनि चाँडै नै बस्ने विश्वास आफूले लिएको बताउनुभयो । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार