Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

चार पूर्व माओवादीको सांसद पद खोसियो, मन्त्री पद पनि नरहने

चार पूर्व माओवादीको सांसद पद खोसियो, मन्त्री पद पनि नरहने


  • 2.0K
    SHARES

  • चार पूर्व माओवादीको  सांसद पद खोसियो, मन्त्री पद पनि नरहने

    काठमाण्डौं । नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा यसको सूचना सुनाएका थिए । सूचनासँगै उनीहरुको मन्त्री पद पनि खोसिएको छ । 

    नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको हो। 

    'उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयो', पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, 'मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।'

    संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

    उनीहरूले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए। 

    माओवादी केन्द्रका चार सांसदले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार