शुक्रवार, कार्तिक ५ २०७८१२:५०:१७
काठमाडौं ।
न्यादी हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दुई लाख नौ हजार २५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा २२ लाख ५५ हजार ८४ आवेदकले दुई करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
२२ लाख ४१ हजार १३८ जनाको आवेदन भेरिफाइड हुँदा सोही आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख नौ हजार २५० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड भएको हो । योग्य आवेदकमध्ये करिब २० लाख ३२ हजार आवेदकको हात खाली भएको छ ।
कम्पनीले गएको असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology