Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच  आर्थिक अध्यादेश स्वीकृत,

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच  आर्थिक अध्यादेश स्वीकृत,


  • 1.7K
    SHARES

  • प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच  आर्थिक अध्यादेश स्वीकृत,

    काठमाण्डाै,

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच  बैठकमा बहुमतले आर्थिक अध्यादेश स्वीकृत भएको छ ।

    अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

    आजको पहिलो बैठक एमाले सांसदको नाराबाजीका कारण १५ मिनेट स्थगित भएपछि दोस्रो बैठक बसेको थियो । एमाले सांसदहरूले अर्थ मन्त्रीको बाटो छेक्न खोजेपछि उहाँ दौडिएर रोस्टममा पुग्नुभएको थियो ।

    पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध र नाराबाजी गर्दै आएको छ । 

    सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन ।

    अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार