Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

काठमाडौं एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौंमा, काठमाडौंको सुरक्षा व्यवस्था कडा ,

काठमाडौं एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौंमा, काठमाडौंको सुरक्षा व्यवस्था कडा ,


  • 15.6K
    SHARES

  • काठमाडौं  एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौंमा, काठमाडौंको सुरक्षा व्यवस्था कडा ,

    काठमाडौं

     अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार नेपाल आइपुगेकी छिन्। 

    चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली  नेपाल नेपाल आइपुगेको हो। नेपालमा एमसीसीको विरोध चर्किँदै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थल परिसरमा पत्रकारलाई समेत निषेध गरिएको छ। 

    काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन्। उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । 

    एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ। तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ। 

    नेपाल सरकार, अर्थ मन्त्रालयले सम्झौतासँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो।

     सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा  र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार