Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रधानमन्त्री ओलीले आज एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्ने

प्रधानमन्त्री ओलीले आज एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्ने


  • 3.5K
    SHARES

  • प्रधानमन्त्री ओलीले आज एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्ने

    काठमाण्डाै - आज एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ हुँदैछ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट स्वीच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लाग्नुभएको हो । 

    हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ । 

    यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

    नयाँ बन्ने सडकहरुको अध्ययन प्रतिवेदन भने तयार भइनसकेको विभागले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार