Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुन-चाँदीको  मूल्य घट्ने क्रम जारी

सुन-चाँदीको  मूल्य घट्ने क्रम जारी


  • 229
    SHARES

  • सुन-चाँदीको  मूल्य घट्ने क्रम जारी

    काठमाडौं,

     आज (मंगलबार) पनि सुन-चाँदीको  मूल्य घटेको छ। 

    सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य आज भने तोलामा एक हजार नौ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार चार सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार