Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी

कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी


  • 733
    SHARES

  • कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी

     काठमाडौं,

    नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ ।

    मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरी उनीहरूको कला कौशलसमेत प्रस्तुत गरिएको हो।

    प्रदर्शनीमा तालिमप्राप्त कुकुरहरूले खोज तथा पहिचान, ट्रयाकिङ, सुरक्षा र शंकास्पद वस्तु पहिचान लगायतका सीप प्रदर्शन गरेका थिए । सिमित स्रोत र साधनकाबीच कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउनु चुनौतीपूर्ण भएको नेपाली सेनाको प्रवन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले बताए।

    उनले कुकुर सेनाको महत्वपूर्ण सहयोगी शक्ति रहेको उल्लेख गरे। कुकुरको प्रयोगले सुरक्षा तथा खोजी कार्यमा जनशक्तिको प्रभावकारिता बढाउने गरेको उनको भनाइ छ।

    कुकुरहरूलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा उल्लेख गर्दै उनले गस्ती, सुरक्षा, ट्र्याकिङ, खोजी तथा शंकास्पद व्यक्ति र विस्फोटक पदार्थ पहिचानमा कुकुरको भूमिका उल्लेखनीय रहेको बताए।

    युद्ध तथा जंगलमा खटिने सैनिकको मनोबल बढाउनसमेत कुकुरले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

    दुश्मनहरूलाई मानसिक दबाब सिर्जना गर्ने कार्यमा पनि कुकुरको भूमिका उल्लेखनीय रहेको छ।

    do1ff.jpg

    नेपाली सेनाले कुकुरलाई निष्ठा, इमान्दारिता र बफादारिताको प्रतिकका रूपमा लिँदै हरेक वर्ष कुकुर तिहारमा पूजा गर्दै आएको छ । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यतालाई संरक्षण गर्नुका साथै मानव र कुकुरबीचको मित्रता र सहअस्तित्वलाई सम्मान गर्ने उद्देश्यले पनि कुकुर पूजा गरिँदै आएको सेनाले जनाएको छ। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार