Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

 बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

 बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित


  • 793
    SHARES

  •  बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

    बुटवल .

     बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् ।

    संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् निर्वाचन परिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् ।

    वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

    महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडे ७३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् ।

    यसैगरी, सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) ६६६ मतसहित निर्वाचित भएकी छन् । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

    ug 27 finefff.jpg

    निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार उद्योग र वाणिज्य क्षेत्रका विभिन्न पदमा पनि उम्मेदवारहरू निर्वाचित भएका छन् । सदस्यतर्फ खुला, महिला, उद्योग तथा वाणिज्य समूहबाट विभिन्न उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

    ug 27mmmfff.jpg

    ugmm1fff.jpg

    uggm2fff.jpg

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार