Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्य तोलामा दुई हजार नौ सय रूपैयाँ घट्यो

सुनको मूल्य तोलामा दुई हजार नौ सय रूपैयाँ घट्यो


  • 685
    SHARES

  • सुनको मूल्य  तोलामा दुई हजार नौ सय रूपैयाँ   घट्यो

    काठमाडौं,

    आज (आइतबार) सुन-चाँदीको मूल्य घटेको छ। 

    शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य आज तोलामा दुई हजार नौ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

    शुक्रबार प्रतितोला चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन चार हजार तीन सय ९०

    रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार