Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नयाँ विशेषता सहितको १ हजार रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा

नयाँ विशेषता सहितको १ हजार रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा


  • 3.4K
    SHARES

  • नयाँ विशेषता सहितको १ हजार रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा

    काठमाडौं,

    नेपाल राष्ट्र बैंकले नयाँ विशेषता सहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

    ‘सिरिज २०२५’ नाम दिइएको उक्त नोटमा सुरक्षाका लागि थप आधुनिक विशेषताहरू समावेश गरिएको छ।

    नयाँ नोटमा सगरमाथाको चित्र, दृष्टिविहीनले स्पर्श गरी पहिचान गर्न सकिने विशेष चिन्ह र रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ।

    साथै, नोटको पृष्ठभागमा चितवनका दुर्लभ जुम्ल्याहा हात्ती (राम र लक्ष्मण), सातवटा लालीगुराँस र हनुमानढोकाको ऐतिहासिक थामको आकृति अंकित छ।

    गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको यस नोटको सिरियल नम्बर ९२०००००१ बाट सुरु भएको राष्ट्र बैंकले जनाएको छ। 

     
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार