बिहिवार, भाद्र २५ २०८३०५:५४:२८
बुटवल,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको तिलोत्तमा बहुमुखी सहकारी संस्थाले बाढी पीडितहरूको राहतका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । तिलोत्तमा बहुमुखी सहकारी संस्थाकी अध्यक्ष पार्वती थापाले बाढी प्रभावितहरूका लागि स्वेच्छिक योगदान मार्फत सो रकम सहयोग गरिएको बताउनुभयो ।
सहकारीले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित सहयोग प्राकृतिक विपद् पीडितहरुको आंसु पुछौं ,साथ दिऔ. भन्ने उद्देश्यले प्रधानमन्त्री राहात कोषमा रकम सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो ।
अध्यक्ष थापाले विपद्को घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत सहकारी संस्थाले गरेको छ । सहकारले बाढीपछिको कठिन परिस्थितिमा राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी तथा अन्य सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेको छ ।
देशले भोगिरहेको यस विषम र पीडादायी परिस्थितिमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै तिलोत्तमा बहुमुखी सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित सहयोगको प्रयास गरेको ब्यवस्थापक सुमित्रा पौडेलले बताउनुभयो।
यसका साथै सहकारले यो संकटको समयमा सम्पूर्ण नेपालीहरूलाई आफ्नो तर्फबाट मानवीय सहयोगमा जुट्न र संकटमा परेका नागरिकहरूलाई साथ दिनसमेत आग्रह गरेको छ ।