Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरुद्ध सर्वोच्चमा रिट,रिटको पेसी बिहीवार ,

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरुद्ध सर्वोच्चमा रिट,रिटको पेसी बिहीवार ,


  • 3.4K
    SHARES

  • कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरुद्ध सर्वोच्चमा रिट,रिटको पेसी बिहीवार  ,

    काठमाण्डाै

    कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नदी डाइभर्सन गरेमा कालीगण्डकी र नारायणी जलाधार क्षेत्रमा ठूलो नकारात्मक असर पर्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले रिट दायर गर्नुभएको हो ।

    रिटको पेसी बिहीवार (भोलि) का लागि तोकिएको छ । कालीगण्डकी हिन्दू धर्मावलम्बीहरूकाे आस्थाको केन्द्र रहेको र परियोजना कार्यान्वयनमा गएमा धार्मिक आस्थामाथि पनि चोट पुग्ने रिटमा उल्लेख छ ।

    नदीको प्राकृतिक बहावमा छेडछाड गर्नाले सुक्खा, बाढी–पहिरो, माछा, गोही ,जलचर, जीवहरू नास हुनुका साथै विश्वको दुर्लभ मानिने शालीग्रामको लोप हुन सक्ने रिटमा उल्लेख छ ।

      

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार