Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

भैरहवामा रहेको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा बाढीपीडितलाई १४ लाख बढी सहयोग

भैरहवामा रहेको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा बाढीपीडितलाई १४ लाख बढी सहयोग


  • 1.8K
    SHARES

  • भैरहवामा रहेको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा बाढीपीडितलाई १४ लाख बढी सहयोग

    भैरहवा, 

    रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले बाढीपीडितहरूको राहतका लागि १४ लाख १२ हजार ३ सय ५९ रुपैयाँ सहयोग गरेको छ ।
    अस्पताल व्यवस्थापन समितिको बैठकले बाढीप्रभावितहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै उक्त रकम जुटाइएको हो ।अस्पतालकोतर्फबाट ७ लाख ५० हजार प्रदान गरिएको छ । अन्य रकम त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी तथा एम.डी. रेजिडेन्ट डाक्टरहरूबाट स्वेच्छिक रुपमा संकलन गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।

    बाढीप्रभावितहरूका लागि सहयोग गर्न अस्पतालका विभिन्न तहका कर्मचारीले आफ्नो पारिश्रमिकबाट गरेको स्वेच्छिक योगदानमार्फत सो रकम जुटेको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालले विपद्को घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अस्पतालले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    अस्पताल प्रशासनले बाढीपछिको कठिन परिस्थितिमा राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी तथा अन्य सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेको छ । यसका साथै अस्पतालले यो संकटको समयमा सम्पूर्ण नेपालीहरूलाई आफ्नोतर्फबाट मानवीय सहयोगमा जुट्न र संकटमा परेका नागरिकहरूलाई साथ दिनसमेत आग्रह गरेको छ ।

    17 pra 1ff.jpg

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार